Sunday, September 8, 2024
राजनीतिमधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार
spot_img

मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज जनमत पार्टीका तर्फबाट त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र मोहम्मद सकिल मियाँलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि विना विभागीय राज्यमन्त्री नियुक्त रञ्जुकुमारी मण्डल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

उनीहरूलाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी छन् ।

-Google Ads-

यससँगै मधेश प्रदेश मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री सिंहले १० मन्त्री र ३ राज्य मन्त्री नियुक्त गरेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img