Wednesday, March 26, 2025
राजनीति‘बरु म साधारण सदस्य भएर चुप लागेर बस्छु, तर एमाले छोडेर कुनै...

‘बरु म साधारण सदस्य भएर चुप लागेर बस्छु, तर एमाले छोडेर कुनै पार्टीमा जान्नँ’

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफू एमाले छोडेर अब कतैपनि नजाने बताएका छन् । बरु, साधारण सदस्य भएर बस्ने तर एमाले नछोड्ने उनको भनाई छ ।

उनले आगामी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्विरोध हुनपनि सक्ने र नहुन पनि सक्ने दुवै सम्भावना रहेको सुनाए । उनले भने,’एमालेको विरुद्धमा कांग्रेसलगायत पाँच दलीय गठबन्धन अगाडि बढेको छ । एमालेलाई पराजित गर्न सबै मिलेर जानुपर्छ भनेर उहाँहरुले भन्नुभएको छ । यो पनि अर्को एउटा समस्या हो।

अहिले एमालेको जीवनमा एउटा विशेष खालको छुट्टै अवस्था उत्पन्न भएको छ । यसलाई समाधान गर्नको लागि सोहीअनुसार राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ । आगामी दिनमा एमालेलाई एकताबद्ध बनाउनुपर्छ । ओलीजीले पनि एकताबद्ध बनाउनुपर्छ ।’

उनले पार्टी पँक्तिलाई एकताबद्ध बनाउनको लागि नेतृत्वले सुझबुझका साथ कदम चाल्नुपर्ने बताए । उनले ओलीको नेतृत्वमा अघि बढ्दा पार्टीलाई फाईदा हुने विश्वास दिलाए।उनले अब नेताहरुले सबै परिस्थितिको गम्भीर रुपमा विश्लेषण र आत्मसमिक्षा गरेर अब पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयमा नयाँ चेतनाको आधारमा अघि बढ्न नसके पार्टीलाई ठूलो क्षति हुने खतरा पनि औंल्याए ।

उनले आफू एमाले छोडेर कतै पनि नजाने स्पष्ट पारे । उनले आवश्यक परे महत्वपूर्ण जिम्मेवारी लिने पनि सुनाए । तर, जिम्मेवारी नै नपाएपनि साधारण सदस्य भएर बस्ने तर पार्टी नछोड्ने जिकिर गरे ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img