Monday, April 21, 2025
कोशी प्रदेशइटहरीइटहरीमा राजनीतिक तनाव: मेयर पौडेलद्वारा एमाले नेतृत्वको आलोचना
spot_img

इटहरीमा राजनीतिक तनाव: मेयर पौडेलद्वारा एमाले नेतृत्वको आलोचना

इटहरी | इटहरी उपमहानगरपालिकामा चलिरहेका गतिविधिहरूमा नेकपा एमालेले लगातार अवरोध र आलोचना गरिरहेको सन्दर्भमा मेयर हेमकर्ण पौडेलले एमाले नेतृत्वको परिपक्वताको कमी रहेको बताएका छन्।

२०७९ को स्थानीय निर्वाचनमा इटहरीमा नेपाली काँग्रेसले मेयर सहित पाँच वडा जितेको थियो भने एमालेले उपमेयर सहित १५ वडा जितेको थियो। यद्यपि, कार्यपालिकामा एमालेको बहुमत रहेको छ।

मेयर पौडेलका अनुसार, एमाले अध्यक्ष रुपेश बस्नेतले सामान्य विषयहरूमा समेत सस्तो लोकप्रियताका लागि अवरोध सिर्जना गर्ने र कार्यकर्ताहरू मार्फत आलोचना गराउने गरेका छन्। उनले भने, “सस्तो नाराबाजी इटहरीमा निल्नु न ओकल्नु भएको छ। के म अब गोजीमा चकलेट बोकेर हिँड्नुपर्ने हो?”

पौडेलले थप भने, “नेतृत्वमा परिपक्वता आवश्यक छ। अपरिपक्व व्यक्तिहरूलाई नेता बनाउँदा मुलुकको प्रमुख राजनीतिक दलको यस्तो दुर्गति हुँदो रहेछ। जनतामा निराशा यस्तै चरित्रका कारण फैलिँदो रहेछ।”

केन्द्र र प्रदेशमा काँग्रेस र एमालेबीच गठबन्धन रहेको भए तापनि इटहरीमा एमालेले विभिन्न विरोधका कार्यक्रमहरू गर्दै आएको छ। कहिले उपभोक्ता समितिको नाममा नगरपालिका अगाडि आन्दोलन गराउने त कहिले जनप्रतिनिधिहरूलाई सभा बहिष्कार गर्न लगाउने जस्ता गतिविधिहरू भइरहेका छन्।

यस परिस्थितिमा, गठबन्धन सरकार रहेको अवस्थामा इटहरीमा एमालेले सहमतिको वातावरण निर्माण गर्नुपर्ने आवाजहरू पनि उठ्न थालेका छन्। स्थानीय राजनीतिक वृत्तमा यो विषय चर्चाको केन्द्रमा रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img