Monday, May 19, 2025
राजनीतिखेलकुदको मूल्यांकन नगर्दा खेलाडी पलायन, प्रदेश मन्त्री महर्जनको टिप्पणी
spot_img

खेलकुदको मूल्यांकन नगर्दा खेलाडी पलायन, प्रदेश मन्त्री महर्जनको टिप्पणी

spot_img

हेटौँडा | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुदको महत्व नबुझ्दा धेरै खेलाडी विदेश पलायन हुन बाध्य भएको बताएका छन्।

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा मंगलबारदेखि हेटौँडामा सुरु भएको ‘खेलकुद पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’को उद्घाटन गर्दै मन्त्री महर्जनले राज्यले खेलकुदलाई अझै पनि प्राथमिकताको सूचीमा नराखेको गुनासो गरे।

“सरकारमा बसेकाहरुले अझै पनि खेलकुदको मूल्य बुझ्न सकेका छैनन्,” उनले भने, “प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको बजेट जम्मा ६१ करोड रुपैयाँ मात्र छ, जुन अत्यन्तै न्यून हो।” उनले उल्लेख गरेअनुसार राष्ट्रिय टोलीमा रहेका झण्डै ८० प्रतिशत खेलाडी बागमती प्रदेशबाट छन्, तर प्रदेशमा खेल पूर्वाधार र सहयोग न्यून देखिन्छ।

महर्जनका अनुसार, खेलकुदलाई बुझाउने ठाउँमा नै चुनौती छ। तथापि, उनले प्रदेश मुख्यमन्त्री भने खेलकुदप्रति सकारात्मक (‘पोजेटिभ’) रहेको उल्लेख गर्दै मुख्यमन्त्रीको पहलमा खेल गतिविधिहरू सम्भव भएको बताए।

कार्यक्रममा बोल्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले मुलुक संघीयतामा गएको भए पनि खेलकुद क्षेत्रमा संघीय संरचना अझै स्पष्ट नभएको बताए। “कुन तहले के हेर्ने भन्ने कुरा अस्पष्ट हुँदा समस्या आइरहेको छ,” उनले भने।

पत्रकारको क्षमता अभिवृद्धिमा जोड

बागमती प्रदेशभित्रका खेलकुद पत्रकारहरूका लागि आयोजना गरिएको यो तालिमले पत्रकारितामा विशेषज्ञता बढाउने उद्देश्य राखेको थियो। विभिन्न सेसनमा खेलकुद रिपोर्टिङ, नीतिगत समझ, र फिचर लेखन जस्ता विषय समेटिएका थिए।

कार्यक्रम अन्तर्गत सहभागी टोलीले हेटौंडाको गौरितार रंगशालाको अवलोकन भ्रमण पनि गरेको थियो। रंगशालामा भइरहेको खेलको अवलोकन गर्दै व्यावहारिक सिकाइमा जोड दिइएको थियो।

कार्यक्रम बुधबार सम्पन्न भएको हो। आयोजकहरूले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने तयारी गरिरहेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img