Friday, May 16, 2025
मकवानपुरकैलाश गाउँपालिकाकैलाश-९ का तीन टोल पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त समूदाय घोषण
spot_img

कैलाश-९ का तीन टोल पूर्ण सरसफाई र सुरक्षित खानेपानीयुक्त समूदाय घोषण

spot_img

कैलाश| मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ अन्तर्गतका खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदायका रूपमा घोषणा गरिएको छ।

बुधबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले औपचारिक रूपमा घोषणा गर्दै, सरसफाई र खानेपानी जस्ता जीवनसँग प्रत्यक्ष जोडिने सूचकहरू दीगो रूपमा पालना गरिनुपर्ने बताए। “स्वास्थ्य र शिक्षासँगै सरसफाई र खानेपानी दीगो विकास लक्ष्यसँग जोडिएका आधारभूत आवश्यकता हुन्,” उनले भने।

अध्यक्ष मुक्तानले यस अभियानमा महिलाको भूमिका उल्लेख्य रहेको बताउँदै टोलस्तरीय सरसफाई विस्तार गरी सम्पूर्ण वडा स्तरमा घोषणा गरिने योजना रहेको जानकारी दिए।

कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले एक घर एक धारा अभियानलाई सार्थकता दिन खानेपानी तथा सरसफाईका क्षेत्रमा विभिन्न साझेदारी कार्यक्रम अघि बढाइएको उल्लेख गरे। उनले रोगव्याधी नियन्त्रण र स्वस्थ जीवनका लागि स्वच्छ पानी र वातावरण आवश्यक रहेकोमा जोड दिए।

यस अभियानमा कैलाश गाउँपालिकाले आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाजलगायत संघसंस्थासँग सहकार्य गर्दै आएको छ। आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायका अनुसार पाँच वटा प्रमुख सूचक र २३ वटा उपसूचकका आधारमा मूल्यांकन गरी तीन टोललाई योग्य ठहर गरिएको हो। घोषणासँगै टोलहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन, वडा सदस्य ज्ञानबहादुर घलान, प्रेम सेवा समाजका कार्यक्रम संयोजक उद्धव चेपाङ, नामटार स्वास्थ्य चौकी प्रमुख अमित श्रेष्ठसहित विभिन्न सहकारी, विद्यालय र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img