समाजप्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, रघुजी पन्त शिक्षामन्त्री नियुक्त

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन, रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन्।

पूर्वमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन रहेको थियो। प्रधानमन्त्री ओलीले रिक्त पद पूर्ति गर्दै बुधबार रघुजी पन्तलाई मन्त्रिपरिषद्मा समेटेका हुन्।

त्यसैगरी, प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदमुक्त गरेका छन्। बर्खास्तीको कारण औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img