मकवानपुरबकैया गाउँपालिकाबकैया गाउँपालिकाको कोरियाली कनेक्शन

बकैया गाउँपालिकाको कोरियाली कनेक्शन

बकैया । मकवानपुरको बकैया गाउँपालिका र दक्षिण कोरियाको बुय–गुन नगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव अघि सारिएको छ।

कोरियन कल्चर सेन्टरमार्फत गरिएको पहल अनुसार बकैया गाउँपालिकामा बुधबार आयोजित विशेष छलफलपछि दुई स्थानीय तहबीच भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव गर्ने निर्णय गरिएको हो। छलफलमा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, वडा नं. १० का अध्यक्ष कमला वाइवा, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलाल, उद्योगी अरुणराज सुमार्गी तथा कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सु र प्रतिनिधि किम नाम सिकको सहभागिता रहेको थियो।

भगिनी सम्बन्धमार्फत बकैया गाउँपालिकालाई कृषि, पर्यटन, शिक्षा तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। बकैया गाउँपालिकाका अध्यक्ष लामिछानेले कोरियन कल्चर सेन्टरका अध्यक्ष मुन यङ सुलाई सो सम्बन्ध स्थापनाका लागि सहजीकरण गर्न अनुरोधपत्र समेत हस्तान्तरण गरेका छन्।

उक्त प्रस्ताव कार्यान्वयनमा आएमा बकैया गाउँपालिकाले अन्तर्राष्ट्रिय स्तरमा सहयोग र अनुभव आदान–प्रदान गर्ने अवसर पाउने देखिएको छ। सम्बन्धित निकायबीच थप औपचारिक प्रकृया अघि बढाउने तयारी भइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img