राजनीतिरेखा थापा महामन्त्रीमा उम्मेदवारी दिने

रेखा थापा महामन्त्रीमा उम्मेदवारी दिने

राप्रपा महाधिवेशनमा महामन्त्री पदका लागि धेरै जना आकांक्षी रहेका छन्। स्रोतअनुसार अभिनेत्री रेखा थापाले पनि महामन्त्रीमा उम्मेदवारी दिँदैछिन्।

उनले राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिने बताइएको छ। उनीसँगै लिङ्देन प्यानलबाट गोविन्द खनिया र धवलशम्शेर राणाको पनि चर्चा छ। राप्रपाको विधानअनुसार महामन्त्रीमा एक महिलासहित तीन जना निर्वाचन गर्ने प्रावधान छ। विधानअनुसार नै रेखा थापाले महिलातर्फ आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताइएको छ। 
त्यस्तै कमल थापा प्यानलबाट  कुन्ती शाही र भुवन पाठकले उम्मेदवारी घोषणा गरेका छन्। 

त्यस्तै थापा प्यानलबाट उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, विक्रम पाण्डे,जयन्त चन्द,रोशन कार्कीलगायतको नाम चर्चामा छ भने लिङ्देन पक्षबाट जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सिनाको नाम उपाध्यक्षमा चर्चा छ। राप्रपामा एक सय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ। 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img