Wednesday, April 30, 2025
राजनीति१२० युवालाई बिना व्याज ऋण दिई उद्यमी बनाउन तालिम
spot_img

१२० युवालाई बिना व्याज ऋण दिई उद्यमी बनाउन तालिम

राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय सम्झौता अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिकाका १ सय २० जना युवाहरूलाई स्वरोजगार बनाउन तालिम प्रदान गरिएको छ । 

तालिम पाएका युवाहरूले आफूले गर्न चाहेको उद्यमको योजनाका आधारमा बिना धितो, बिना व्याज ५ लाख देखि २० लाख रकम सम्म ऋण प्राप्त गर्नेछन् । 

युवा उद्यमशीलता र स्वरोजगार प्रवर्धन गरी युवाहरूलाई आत्मनिर्भर बनाउँदै सम्वृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रमका लागि पञ्चेश्वर गाउँपालिकामा ३ सय युवाहरूको आवेदन भरेकोमा १ सय २० जना छनोट भएका थिए । 

छनोट भएका युवाहरूलाई ७ दिने सहुलियतपूर्ण कर्जा सहजिकरणका लागि उद्यमशीलता सम्बन्धी तालिम दिइएको राष्ट्रिय युवा परिषद्का कार्यकारी बोर्ड सदस्य गोविन्द गिरीले बताए । सो कार्यक्रम हालसम्म देशभरका ४ स्थानीयतहमा लागू भएको उनले बताए । 

कार्यक्रम लागू भएका स्थानीयतहहरूमा भक्तपुरको चाँगुनारायण नगरपालिका, जुम्लाको तिला गाउँपालिका, संखुवासभाको चैनपुर नगरपालिका र बैतडीको पञ्चेश्वर गाउँपालिका हुन् ।

पञ्चेश्वरमा उद्यम गर्न तालिम लिएका युवाहरूले कृषि, पशुपालन तथा कपडा उद्योग सञ्चालन गर्ने बताएका छन् । 

अधिकांश युवाहरू तरकारी खेती, फलफूल खेती, बाख्रा पालन, कुखुरा पालन, माछा पालन, सिलाई तथा हाते होजियारी व्यवसाय गर्न इच्छुक रहेको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए । 

पञ्चेश्वरमा सञ्चालन गरिएको ७ दिने तालिममा राष्ट्रिय युवा परिषद्का आइएलओ प्रमाणपत्र प्राप्त ८ जना प्रशिक्षकले तिस तिस जनाको ४ समूह बनाएर तालिम दिएका हुन् । 

आइतबार गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा तालिमको समापन समारोह गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा परिषद् कार्यकारी बोर्ड सदस्य गोविन्द गिरी रहेका थिए भने, कार्यक्रममा नविल बैंकका अधिकृत अम्रित कार्की, युवा संघ नेपाल प्रदेश कमिटीका अध्यक्ष सन्तोष प्रकाश जोशीलगायत व्यक्तिहरूको सहभागिता थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img