Tuesday, July 8, 2025
राजनीतिप्रधानमन्त्री देउवालाई गठबन्धनभन्दा एमसीसी प्यारो

प्रधानमन्त्री देउवालाई गठबन्धनभन्दा एमसीसी प्यारो

spot_img

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएसंगै सत्ताबाट बाहिरिएका एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली झन् तनावमा देखिएका छन् ।

तनावको मुख्य कारण हो चुनाव, त्यसमा पनि अहिले राष्ट्रियसभाको चुनाव आउंदैछ । चुनावमा गठबन्धनसंग एमाले एक्लै लड्ने भएको छ । राष्ट्रियसभाको चुनावमा एमाले नराम्रोसंग पछारिने आंकलन नेताहरुले गर्दै आएका छन् ।अहिलेको चुनावमा एमाले पछि गए आगामी तीन तहको निर्वाचनमा पनि एमाले राम्रोसंग उठ्न नसक्ने राजनीतिज्ञहरु बताउँछन् ।

-सूचना-

चुनावलाई नै मध्यनजर गर्दै ओली पांच दलीय सत्ता गठबन्धन भत्काउने तयारीमा लागेको बुझिएको छ । ओलीले एमसीसीलाई मुख्य हतियार बनाएर पाँच दलीय गठबन्धन भत्काउने रणनीतिमा लागेका हुन् । यता नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टी एमसीसीको पक्षमा उभिन सकेका छैनन् ।

हिजो शनिबार ओली र देउवाबीच बालकोटमा भेटवार्ता भएको थियो भेटमा ओलीले देउवाले गठबन्धन भत्काए आफूले एमसीसीमा आफूहरुले सहयोग गर्ने संकेत देखाएका थिए ।ओलीले एमसीसीको विषयमा बोल्दै बहुमत भएकाले आँफै पास गर्न देउवालाई सुझावसमेत दिएका छन् । तकाअनुसार ओलीले देउवालाई एमसीसी पास गराउन एमालेको सहयोग अनिवार्य हो भने पाँच दलीय गठबन्धन तोडेर आउन पनि सुझाव दिएका थिए ।

ओलीले एमसीसीमा आफूहरुले देउवालाई सहयोग गर्नुपर्ने हो भने देउवा पांच दलीय गठबन्धन भत्काउन सुझाव दिएकोसमेत स्रोतको दाबी छ ।प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी पास गर्नुपर्ने मनस्थितिमा रहेका छन् ।तर पाँच दलीय गठबन्धनका अन्य नेताहरु भने एमासीसी पास गर्न नहुने पक्षमा रहेका छन् ।

एमसीसीको कारण गठबन्धन धरापमा पर्छ भन्ने कुरा देउवालाई राम्रोसंग थाहा छ ।आफूलाई यो थाहा हुँदाहुँदै पनि एमसीसी पारित गर्न देउवाको दौडलाई अध्ययन गर्ने हो भने उनी गठबन्धन धरापमा राख्न पनि तयार भएको प्रष्टै देख्न सकिन्छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img