सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्खुवासभामा पुगेर भने वामपन्थीको खोल ओढेका दक्षिणपन्थीहरूले पार्टीमा नअलमनिन आह्वान गरेका छन् ।
पार्टीको सङ्खुवासभाको जिल्ला अधिवेशनमा ओलि पुगेर भने पार्टीले दक्षिणपन्थीको खोल ओढेको भन्दै त्यहाँ नअलमलिन आग्रह गरेका छन् । उनले यो देशमा परिवर्तन चाहने राजनीति दल एमाले मात्रै भएको दाबी पनि गरेका छन् ।
`वामपन्थी खोल ओढेका पार्टीमा साथीहरू अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहने , देशमा उन्मुक्ति , प्रगत्ति चाहने , सामाजिक न्याय र समाजता दिने पार्टी हो भनेर भनेका छन् ।
वामपन्थी खोल ओढेर प्रक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने , कम्युनिस्ट पार्टी फुटाउने , सरकार ढाल्ने र आफुलाई दक्षिणपन्थी खेमामा समानित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गरेका छन् । उनले एमालेमा प्रवेश गरेपछि कुनै पश्चात्ताप नहुने र एमालेमा आउनु एउटा गर्वको विषय पनि हो एमाले उदाउँदो सूर्यको रूपमा रहेको बताए ।फाईल फोटो