काठमाडौं । बज्र ग्रुप अन्तर्गत इभी नेपाल मोटर्सले लेभ्निंग ब्रान्डको स्कुटर कुनै पनि शिक्षक तथा विद्यार्थीको लागि जम्मा १० हजार रुपैंयाँमा उपलब्ध गराउने भएको छ ।
तपाईंको गोजीमा कति छ भन्ने स्किम अन्तर्गत १० हजार रुपैयाँमा लेभ्निंग स्कुटर शिक्षक तथा विद्यार्थीले पाउने छन् ।
साथै नबिल बैंकको शून्य प्रतिशत ब्याज मा पनि स्कुटर किन्न सक्नेछन् । नगदमा किन्ने शिक्षक तथा विद्यार्थीको लागि भने १० हजार रुपैयााँ छुट गरिएको छ ? शिक्षक तथा विद्यार्थीको खर्च बचत हुने, पेट्रोल हाल्न नपर्ने हुनाले कम्पनीले यो सहुलियत दरमा शिक्षक तथा विद्यार्थीको लागि दश हजार वा शून्य प्रतिशत स्किममा लेभ्निंग ब्रान्डको इलेक्ट्रिक स्कुटर प्रदान गर्ने योजना लागु गरेको हो ।
आजै नजिकको शोरुममा गएर प्रोडक्ट हेरी विभिन्न प्रकारको स्कुटर मध्ये कुनै पनि स्कुटर सजिलै किन्न सक्नुहुनेछ । विद्यार्थीको लागि फाइनान्स, एक्सचेन्ज र क्यास को सुविधा पनि रहेको छ । यो स्किम सिमित अवधिको लागि मात्र लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।
लेभ्निंगको कुनैपनि शोरुममा यो सुविधा उपलब्ध छ । विस्तृत जानकारीको लागि इभी नेपाल मोटर्स नक्साल शोरुम, काठमाडौं मो न. ९८०१००२९८७ वा ९८०२३०८५१२ मा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ ।