Sunday, April 27, 2025
विज्ञान/प्रविधियसरी लिनुहोस् २ सय ९४ रुपैयाँमा २० जीबी डाटा
spot_img

यसरी लिनुहोस् २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

काठमाण्डाै – नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज बोनस अफर ल्याएको छ । असोज ९ गतेदेखि २३ गतेसम्म लागू हुनेगरी टेलिकमले विभिन्न बोनस तथा अफर ल्याएको हो ।

डाटा प्याक अन्तर्गत २ सय ९४ रुपैयाँ मा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएकाे छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुनेछ । २ सय रुपैयाँ देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक भोल्टेसेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २ सय मिनेटको निशुल्क भोल्टे सेवा पनि उपलब्ध गराइएको छ ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने तथा नेपाल टेलिकम एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img