Thursday, December 5, 2024
विज्ञान/प्रविधियसरी हेर्न सकिन्छ एनटिटिभी विश्वकप फुटबल

यसरी हेर्न सकिन्छ एनटिटिभी विश्वकप फुटबल

काठमाडौं । नेपाल टेलिकमले एनटिटिभी ग्राहकहरुका लागि विश्वकप फुटबल प्याकेज सार्वजनिक गरेको छ ।

मंसिर ४ गते प्रारम्भ हुने विश्वकप हेर्न आफ्ना ग्राहकका लागि प्याकेज उपलब्ध गराउन लागिएको टेलकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन ।

विश्वकप हेर्न निर्धारित करसहितको शुल्क ५६५ रुपैयाँ तोकिएको छ । एनटिटिभीका ग्राहकले घरबाटै उक्त प्याकेज खरिद गर्न सक्नेछन भने यसका लागि कम्पनीको ग्राहक सेवा केन्द्रमा पुगिरहनु पर्ने बाध्यता छैन ।

प्याकेज खरिद गर्न हिमालयन एचडी टेलिभिजन च्यानलमा गएर ‘बाई प्याकेज’मा क्लिक गर्नुपर्छ । त्यसपछि त्यसमा आफ्नो मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ। आफ्नो मोबाइल नम्बर हालेपछि टेलिकमले पठाएको ओटिपीको प्रयोग गरी प्याकेज गरिद गर्न सकिनेछ।

यो सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिन्छ । उक्त प्याकेज खरिद गर्न प्रयोग भएको नम्बरमा कम्पनीका तर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निशुल्क उपलब्ध गराइने प्रवक्ता अधिकारीले बताए ।

ग्राहकहरुले उक्त प्याकेज लिन नजिकैको ग्राहक सेवा केन्द्रमा गएर पनि रकम बुझाउन सक्छन ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img