Saturday, May 24, 2025
विज्ञान/प्रविधितपाईँ अब टीभीको स्क्रीन चाटेर 'खानेकुराको स्वाद चाख्न सक्नुहुन्छ'
spot_img

तपाईँ अब टीभीको स्क्रीन चाटेर ‘खानेकुराको स्वाद चाख्न सक्नुहुन्छ’

spot_img

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ।

टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि बिछ्याइने “स्वच्छ झिल्ली” मा स्वाद छर्किन्छन्। टीभी हेर्ने मानिसले त्यो झिल्ली चाटेर टीभीमा देखिएको कुराको स्वाद चाख्न सक्छन्।मेइजी विश्वविद्यालयका प्राध्यापक होमेई मियाशिताका अनुसार उनको आविष्कार प्रयोग गरेर पाकशास्त्री र मदिराको स्वाद जाँचकीलाई प्रशिक्षण दिन सकिन्छ।

बजारमा ल्याउनेगरी उत्पादन गरिएमा उक्त टीभीको मूल्य ८७५ डलर (अर्थात् एक लाख नेपाली रुपैयाँभन्दा केही बढी) पर्न जाने उनको अनुमान छ। “घरमै बसेको बेला पनि मानिसहरूलाई बाहिरको संसारमा भएको कुनै रेस्टुराँमा खाएको अनुभव प्रदान गर्न सम्भव बनाउने उद्देश्य हो,” उनले रोयटर्ससँग भने।

स्वाद प्रवाहित गर्ने प्रविधि प्रयुक्त अन्य सम्भावित साधन उत्पादन गर्न उनले उत्पादकहरूसँग कुरा गरिरहेको बताइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img