Thursday, July 17, 2025
विज्ञान/प्रविधिफेसबुक प्रोफाइल किन र कसरी लक गर्ने ?

फेसबुक प्रोफाइल किन र कसरी लक गर्ने ?

spot_img

फेसबुकमा साथी नभएको तर कसैको प्रोफाइल हेर्न खोज्दा ‘दिस अकाउन्ट इज लक्ड’ अर्थात् यो अकाउन्ट लक गरिएको छ भनेको देख्नु भएको छ? प्रयोगकर्ताले आफ्नो फेसबुकलाई थप निजी वा गोप्य राख्न खातालाई लक गर्न सक्छन्। यो फेसबुक सुरक्षाअन्तर्गत पर्छ।

धेरैले फेसबुक सुरक्षित राख्न ‘टु फ्याक्टर अथेन्टिकेसन’ पनि राख्‍ने गर्छन्। यसमा भने आफ्नो फेसबुक कुनै नयाँ ब्राउजरबाट खोल्दा प्रयोगकर्ताले मोबाइल अथवा इमेलमार्फत आफूले नै फेसबुक खोल्न खोजेको भेरिफाइ गर्नुपर्ने हुन्छ। जसका लागि फेसबुकले मोबाइल नम्बर अथवा इमेलमा लग-इन कोड पठाउँछ।

- Advertisement -

टु फ्याक्टर अथेन्टिकेसनले फेसबुलाई नयाँ ब्राउजरबाट सहजै लग-इन गर्न दिँदैन। तर तपाईंको प्रोफाइललाई अन्य प्रयोगकर्ताले सजिलै हेर्न अथवा स्टक गर्न सक्छन्। यदि तपाईंलाई आफ्नो फेसबुक निकै गोप्य र आफ्नो फेसबुक साथीले मात्र हेर्ने बनाउन मन छ भने फेसबुक लक गर्न सक्नु हुन्छ। यसो गरेपछि तपाईंको साथीको सूचीमा भएका प्रयोगकर्ताबाहेक अरूले फेसबुक स्टक गर्न सक्दैन।

यसो गर्दा तपाईले फेसबुकमा राख्नुभएको प्रोफाइल फोटो र कभर फोटो भने देखिन्छ। तर यसलाई जुम गरेर हेर्न भने मिल्दैन। फेसबुकले हाल यो फिचर सबै देशमा उपलब्ध गराएको छैन। जसमध्ये नेपाल पनि पर्छ। यदि तपाईं नेपाल बाहिर देशमा हुनुहुन्छ भने यसरी गर्नुहोस् मोबाइल एपबाट आफ्नो फेसबुलाई लकः

१. सुरुमा मोबाइल एपबाट फेसबुक खोल्ने र आफ्नो प्रोफाइलमा जाने
२. ‘एड टु स्टोरी’ लेखिएको छेउमा ‘एडिट प्रोफाइल’ र तीनवटा डट देखिन्छ। त्यसबाट तीन वटा डटमा जाने
३. यहाँ तपाईंले ‘लक प्रोफाइल’ भन्ने विकल्प देख्न सक्नुहुन्छ, त्यसलाई चयन गर्ने
४. त्यसपछि फेसबुकले तपाईंको प्रोफाइल लक भएपछि के-के हुन्छ र कस्तो देखिन्छ भनेर बताइदिन्छ
५. अन्तिममा, उक्त पेज स्क्रोल डाउन गर्ने र त्यहाँ भएको ‘ओके’ विकल्पमा ट्याप गर्ने

यसरी तपाईंको फेसबुक लक हुन्छ। अब तपाईंको फेसबुकमा भएका साथीहरूबाहेक अन्‍य प्रयोगकर्ताले प्रोफाइल हेर्न सक्दैन। नेपालमा यो फिचर उपलब्ध नभएको हुँदा केहीले भिपिएन प्रयोग गरेर फेसबुक लक गरेको पाइन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img