सेयर बजार६ अर्ब रुपैयाँका आईपीओ आउँदै

६ अर्ब रुपैयाँका आईपीओ आउँदै

बजारमा करिब ६ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) आउने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा २२ वटा कम्पनीको आईपीओ स्वीकृतिको पाइपलाइनमा छन् ।

सर्वसाधारणलाई सेयरधनी बनाउन संस्थाबाट सम्पुर्ण प्रक्रिया पुरा गरी सेबोनको अन्तिम स्वीकृतको पाइपलाइनमा १२ वटा हाइड्रोपावर कम्पनी, ६ वटा माइक्रोफाइनान्स संस्था, २ वटा बीमा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन् ।यी कम्पनीका ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता आइपीओ जारी गर्नका लागि २ वर्ष अघिदेखि स्वीकृतिको पर्खाइमा बसेका हुन् ।

केही महिनाअघिसम्म समय सेयर बजारमा जलविद्युत कम्पनीहरुको सेयरमूलयमा उच्च वृद्धि थियो । तर, धितोपत्र बोर्डले ५१ वटा कम्पनीमा लगानी जोखिमयुक्त भन्दै सूची सार्वजनिक गरेपछि हाइड्रोपावर कम्पनीको सेयरमा आकर्षण घटेको छ ।एक वर्षअघिसम्म हाइड्रोपावर कम्पनीको आईपीओमा माग अनुसारको आवेदन पर्दैन थियो । तर, पछिल्लो समय भने निष्काशित हाइड्रोपावर कम्पनीको आईपीओमै दसौं गुणा बढी आवेदन पर्ने गरेको छ ।

पाइपलाइनमा रहेका कम्पनीको आईपीओ आवेदनमा बोर्डले १२ वटाको अन्डर प्रिलिमिनरी रिभ्यु गरेको छ । साथै, ४ वटा कम्पनीको रिभ्यु एन्ड कमेन्ट पठाएको छ भने ६ वटा कम्पनीको आईपीओ आवेदनमा रिप्लाइ एन्ड अन्डर रिभ्यु गरिसकेको छ । केही कम्पनीले करिब २ वर्षदेखि आईपीओको आवेदन दिएर पाइपलाइनमा बस्दा समेत निष्काशनको अनुमति पाएका छैनन् ।

बोर्डले माग गरेको कागजात समयमै पेश नगर्दा आईपीओ निष्काशनको लागि स्वीकृतमा ढिलाइ भएको हो । ती कम्पनी स्वयमले माग गरिएको आवश्यक कागजात पेश नगर्दा ढिलाइ भएको हो ।बोर्डले परेको आवेदनमा समयमै अध्ययन गरी आवश्यक पर्ने कागजात माग गर्छ । र, कम्पनीले पठाएको कागजातमा पुनः अध्ययन गरेर मात्र आवेदन स्वीकृत गर्छ । आईपीओको आवेदन दिएर कम्पनीहरुले बोर्ड माग गरेको कागजात पेश गर्न ६ महिनाभन्दा बढी समय लगाएमा पाइपलाइनबाट आईपीओको आवेदन बोर्डले हटाउने समेत गरेको छ ।

कुनै पनि कम्पनीको ६ महिनामा अर्धवार्षिक वित्तीय विवरण समेत परिवर्तन हुने हुँदा बोर्डको कमेन्टमा ६ महिनासम्म पनि रिप्लाइ नगरेमा सो आवेदनलाई स्वतः बोर्डले पाइपलाइनबाट हटाउने व्यवस्था गरेको हो ।कुन कम्पनीको कति कित्ता आईपीओ पाइपलाइनमा ? हिमालयन हाइड्रोपावर कम्पनी २०७६ कात्तिक २७ गते नै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

यस्तै, बिन्धबासिनी हाइड्रोपावर कम्पनीले ०७६ माघ १ गते २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता आइपीओ र डिसहोम मिडियाले ०७७ असार ३० गते २३ करोड ८५ लाख ९ सय २९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपीओ निष्काशनको लागि आवेदन दिएका हुन् ।गत फागुन महिनामै आईपीओको आवेदन दिनेमा बलेफी हाइड्रोपावर कम्पनीले ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता र ग्रिन भेञ्चर हाइड्रोपावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख २५ हजार कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका हुन् ।

साथै, नेस्ड्रो समृद्धि लघुवित्तले बोर्डमा गत असार ६ गते ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले वैशाख २१ गते २९ करोड ५१ लाख ९२ हजार रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९ सय २९ किक्ता आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएका हुन् ।यस्तै, आईएमई लाइफले २३ करोड ८५ लाख, अपर सोलु हाइड्रो इलोक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ र अपरहेवा खोला हाइड्रोपावर कम्पनीले २० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन स्वीकृतको लागि पाइपलाइनमा छ ।

साथै, २०७८ साल सुरु भएपछि नै १२ वटा कम्पनीले २ अर्ब ७४ करोड २ लाख ८४ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८२ हजार ८४६ कित्ता आईपीओ निष्काशनको लागि अनुमतिको पर्खाइमा बोर्डमा पाइपलाइनमा छन् ।जसमा सयपत्री हाइड्रोपावर, इर्मजिङ्ग नेपाल, जल्पा सामुदायिक लघुवित्त, रिलाइन्स इन्स्योरेन्स, उपकार लघुवित्त, रिभर फल्स पावर कम्पनी, थ्री स्टार हाइड्रो पावर, राप्ती हाइड्रो पावर, सीवाइसी नेपाल लघुवित्त वित्तीय र आर्दश लघुवित्त वित्तीय संस्था हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img