Sunday, January 19, 2025
खेल समाचारपब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता, जित्यो झण्डै ३ करोडभन्दा बढीको पुरस्कार...

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता, जित्यो झण्डै ३ करोडभन्दा बढीको पुरस्कार राशी

काठमाडौँ — पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ ।

विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ ।

उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ । जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । 

त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img