हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा मंगलबार भएको पाँचौं बागमती गोल्डकपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेल १–१ गोलको बराबरी भएपछी टाइब्रेकरमा त्रिभुवन आर्मीलाई हिमालयन शेर्पाले ४–२ गोलअन्तरले पराजित गरेको हो ।
टाइब्रेकरमा हिमालयन शेर्पा क्लबका गोलकिपर दीप कार्कीले दुई पटक बल बचाएका थिए । हिमालय शेर्पाका लागि विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र विदेशी खेलाडी इरेक वेलीले गोल गरे भने आर्मीका कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले गोल गरे । आर्मीका दिनेश हेम्जन र कमलबहादुर थापाको प्रहार हिमन शेर्पाका गोलकिपर दीप कार्कीले बचाएका थिए ।
प्रतियोगिताको विजेताले आठ लाख नगद र उपविजेता टोलीले चार लाख नगद प्राप्त गर्नेछन ।