Monday, April 21, 2025
खेल समाचारयूएईविरुद्ध नेपालको पहिलो जित
spot_img

यूएईविरुद्ध नेपालको पहिलो जित

काठमाडौँ — आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले यूएईविरुद्ध पहिलो जित हात पारेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भएको हो ।

नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । नेपाल यूएईसँगै पराजित भएको हो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो ।

यूएईलाई हराएसँगै नेपाल अंकतालिकाको शीर्ष तीनमा रहने सम्भावना कायमै रहनेछ । अंकतालिकाको शीर्ष ३ मा रहे नेपालले विश्वकप क्वालिफायर खेल्न पाउनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img