खेल समाचारनेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक अलमुताइरी थप तिन वर्ष नेपाली टोलीमा

नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक अलमुताइरी थप तिन वर्ष नेपाली टोलीमा

काठमाडौं : नेपाली राष्टिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थप ३ वर्ष नेपाली टोली सम्हाल्ने भएका छन् ।

आज अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पा, कतार फुटबल एशोसियसन र अलमुताइरीबीच भएको छलफल पछि अलमुताइरी थप तीन वर्ष नेपाल रहने भएका हुन् ।

अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पोस्ट राख्दै आफू तिन वर्ष नेपाल रहने बताएका छन् । कतार फुटबल एसोशियसनलाई धन्यवाद दिँदै अलमुताइरीले आफू नेपाल फर्कने उल्लेख गरेका हुन् ।

आगामी दुई वर्षका लागि आफ्ना योजनाहरु केही दिनमा सार्वजनिक गर्ने अलमुताइरीले उक्त पोस्टमा उल्लेख गरेका छन् । सन् २०२१ को मार्चमा नेपाल आएका अलमुताइरीले नेपाललाई गत महिना साफ च्याम्पियनसिपको उपविजेता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img