खेल समाचारहिमालयन शेर्पालाई हराउँदै आयोजकको विजयी सुरुवात

हिमालयन शेर्पालाई हराउँदै आयोजकको विजयी सुरुवात

हेटौंडा- पूर्वी मकवानपुरको वागमती गाउँपालिकामा जारी छैठौं संस्करणको वागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत् आयोजकले विजयी सुरुवात गरेको छ । बुधबार वागमती-८ स्थित जनता माविको खेलमैदानमा भएको खेलमा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै आयोजक वागमतीले विजयी सुरुवात गरेको हो ।

निर्धारित खेल समयमा १-१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल समयमा वागमतीका लागि एलिश चौलागाईंले दोस्रो हाफको २ औं मिनेटमा र हिमालयन शेर्पाका सन्दीप श्रेष्ठले खेलको ९० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरे । खेलको म्यान अफ दी म्याच एलिश घोषित भए । उनले १० हजार रुपिया“ प्राप्त गरे । वागमतीका गोलरक्षक उमेश पाख्रिनले ९० औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाएपछि मैदान बाहिरिए । त्यही अवसरलाई सदुपोग गर्दै श्रेष्ठले पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

टाइब्रेकरमा वागमतीका लागि एलिश महर्जन, प्रितम स्याङ्बो, सामेल सुनार, रोशन दोङ र अमर पाख्रिनले गोल गरे । हिमालयनका लागि दिवस उरौ, सत्यम् शर्मा, धिरज थपलिया र विदेशी खेलाडी आब्मे फाकुलाइनले गोल गरे । हिमालयनका सन्दीप श्रेष्ठको प्रहार वागमतीका गोलरक्षक पवन आलेमगरले उत्कृष्ट बचाउ गरे । विजयी आयोजक वागमतीले क्वार्टरफाइनमा स्थान बनाएको छ । अब आयोजकले क्वार्टरफाइनलमा फागुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबस“ग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् बिहीबारको खेलमा सिमराको नवजनजागृति युवा क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्धर्पा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछ । नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपियासहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपिया“ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपिया“ प्राप्त गर्नेछन् भने विधागत् उत्कृष्ट खेलाडीले २५ हजार रुपिया प्राप्त गर्नेछन् ।

 

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img