Thursday, May 15, 2025
खेल समाचारबजारमा गोरु जुधाई प्रतियोगिता, कसको गोरु प्रथम भयो?
spot_img

बजारमा गोरु जुधाई प्रतियोगिता, कसको गोरु प्रथम भयो?

spot_img

लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएकाे हाे ।

जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका-१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । सुन्दरबजार नगरपालिका-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दाेस्राे भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुपैयाँ र द्वितीय हुने गोरु धनीलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको आयोजक जनशक्ति युवा क्लबका अध्यक्ष चित्रबहादुर केसीले बताए । गोरु धनीलाई सुन्दरबजार नगरपालिकाका कार्यपालिका सदस्य भवानी केसी, क्लवका अध्यक्ष चित्रबहादुर केसी र फिजिकल सेन्टरका अध्यक्ष विष्णु बहादुर खड्काले संयुक्त रुपमा पुरस्कार वितरण गरे । लमजुङमै सुन्दरबजारमा पहिलो पटक आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा लमजुङ र तनहुँका १२ वटा गोरुलाई सहभागी गराइएको थियो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img