Monday, January 13, 2025
पर्यटनऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भालेश्वर महादेव मन्दिर

ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भालेश्वर महादेव मन्दिर

काठमाडौं –  काठमाडौं नजिकै तपाईहरु नपुगेका कैयन ठाउँहरु हुनसक्छन्, जुन धार्मिक र पर्यटकीय दुबै दृष्टिकोणले महत्वपूर्ण छन् । काठमाडौंको कलंकीबाट १५ किलोमिटर दुरीमा र समुन्द्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको भालेश्वर महादेव मन्दिर यस्तै एउटा स्थान हो ।

केबलकारमार्फत पनि पुग्नसकिने यो क्षेत्र धार्मिक दृष्टिकोणले त महत्वपूर्ण छँदैछ, पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर छ ।

भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ ।

शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ | विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ |

ऐतिहासिक महत्त्वका हिसाबले पनि चन्दागिरी निकै महत्त्वपूर्ण स्थान हो। नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए। उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ।

Chandragiri bhaleshwor temple

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img