शास्त्र अनुसार अग्र पुजा
गणेश र कुमार को गर्नु पर्ने हो
किनकि दुवैलाई महादेवले
वरदान दिएका थिए
गणेशको पुजा अगाडि गर्नेकी कुमार को भन्दा
महादेवको घरमा घर झगडा होला
तर उत्तर सबैले
कर्मको साक्षी दियोको पुजा गरेर देखाए।
कर्मकाण्ड गराउने पण्डित पनि
गणेशको पुजा भन्दछन
सुरुमा अग्निस्थापना गरी
दियो बाली
दियो बालेपछि कसरी भयो त अग्र पुजा
उत्तर धर्ममा छ
जसले कर्मको गुणगान गाउँछ
त्यसैले
सबैले दियोले नै काम चलाए
महादेवको वरदान मिथ्या सावित भयो
अनि महादेव परिवारले
सान्त्वना पनि पाए
प्रश्न उठ्दछ
कर्मको साक्षी मानी दियो पुजा गर्ने की
गणेशको पुजा?
झन मन्त्र उच्चारण गर्दा त
सर्वप्रथम
ईश्वरको पुजा हुन्छ
किनकि ॐ कारले ईश्वरलाई जनाउँछ
अनि ॐ बिना मन्त्र अधुरो हुन्छ ।