Saturday, September 7, 2024
पर्यटनतेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै
spot_img

तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै

सुनसरी / तेह्रथुमको तीनजुरे मिल्के जलजले (टिएमजे) पाथीभरा मन्दिरले पर्यटकलाई लोब्याउँदै आएको छ । यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ ।

तेह्रथुम , ताप्लेजुङ, संखुवासभाको सिमानामा रहेको तिनजुरे मिल्के जलजले (टिएमजे) मा चैत बैशाख जेठमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ तअर्थ यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गर्दछ ।

पुर्वको इटहरी, धरान, धनकुटा र तेह्रथुमको बसन्तपुर हुँदै (टिएमजे) पुग्न सकिन्छ । इटहरीबाट लगातारको करिब ५-६ घण्टाको सवारीसाधनको यात्रामा पुगिन्छ । गुराँसको राजधानी भनेर चिनिने यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस आँखै अगाडि देख्न सकिन्छ । तिनजुरे डाँडा समुद्री सतहबाट करिब १७ सय देखि ५ हजार मिटरको उचाइमा पर्दछ ।

गुराँस लगायत यस क्षेत्रमा कुम्भकर्ण, मकालु, अन्नपूर्ण हिमाल र विभिन्न तालतलैयाको दुश्य देख्न सकिन्छ । गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी तेह्रथुम र।सङ्खुवासभा यहीँ पर्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी यहाँका मुख्य आकर्षका क्षेत्र हुन् ।

-Google Ads-

Screenshot 2023 0212 140653

पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यटनको प्रवेशद्वार मानिन्छन् । तिनजुरेमा अवस्थित आरआर गार्डेन पनि यहीँ पर्छ । पुस, माघ , फागुनमा हिउँ परेको समयमा आन्तरिक तथा पर्यटन रको घुइँचो नै लाग्ने गर्दछ ।

आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल र गुराँस फुलेको बेला गुराँस आँखै अगाडि देख्न सकिन्छ । खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ । तेह्रथुमको जिल्लाको लालिगुराँस नगरपालिकाको तिनजरे डाँडामा रहेको मन्दिरमा चैत्र र बैसाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको हो । देउराली र पाथिभरा मन्दिरको विचमा अर्को महत्त्वपूर्ण स्थल आर आर बगैंचा रहेको छ ।

Screenshot 2023 0216 222233

तेह्रथुममा प्राकृतिक सम्पदा मात्र नभएर पर्यटकहरुलाई अवलोकन अथवा दर्शन गर्न सकिने धार्मीक स्थलहरु समेत सानो पाथीभरा मन्दिर छ टिएमजेको सानो पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने पर्यटन आउने गरेका छन् । मन्दिर टुटे देउरालीको डाँडा तिनजुरेको सिरानमा पर्छ । यहाँ बाट मौसम खुलेको बेला मनमोहक डाँडाकाडा र हरियाली पहाड आँखै देख्न सकिन्छ ।

इटहरीबाट तिनजरे पाथीभरा मन्दिर क्षेत्रमा घुम्न आएका सुजन भण्डारी भन्छन् ” पैलाको भन्दा अहिले विकास भएको देखियो , यहाँबाट बादल खुलेको बेला देखिने मनोरम स्थलले जनै आनन्द बनायो , फागुनको पहिलो सातामा गुराँस नफुले पनि चैत बैशाखमा गुराँस फुलेर राताम्मै डाँडा काडा देखिने उनले बताए ।”

20230224 132227

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजार हो । विषेश गरेर लिम्बु जातीको बाहुल्यता रहेको तेह्रथुम जिल्लामा सदरमुकाममा भने बढि मात्रामा नेवार जातीहरु बसोबास गर्ने गर्छन । विराटनगर, इटहरी , धरान, धनकुटा, हिले, बसन्तपुर, लसुने हुँदै म्याङलुङ्ग बजार सम्म पुग्नको लागि स्थानिय बस वा ट्याक्सीको माध्यम बाट जान सकिन्छ ।

20230224 221728

यो नगरपालिकाको पूर्व सिमाना पिङगुवा खोलाले छुट्टयाएको छ भने पश्चिम सिमाना धनकुटा जिल्लाको पानी ढलो डाँडाले छुट्टयाएको छ । त्यस्तै उत्तरी सिमाना सङ्खुवासभा–तेह्रथुमको सानो खोच तथा पानी ढलो डाँडाले छुट्टयाएको छ । यस क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । तल तस्बिरमा गुराँस फुलेको देखिएको फोटो चैत बैशाखको हो ।

20230224 221849

20230224 132258

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img