पर्यटनचीनको घुम्न पर्ने देशको सूचीमा नेपाल

चीनको घुम्न पर्ने देशको सूचीमा नेपाल

काठमाडौं: चीन सरकारले आफ्ना नागरिक (चिनियाँ पर्यटक) घुम्न जाने देशहरूको सूचीमा नेपाललाई राखेको छ।

चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले गत शुक्रबार आफ्ना नागरिकहरू घुम्न जाने देशहरूको सूचीमा नेपाललाई समावेश गरेको हो।

यससँगै आगामी बधुबार (मार्च १५ तारिख) बाट चिनियाँ पर्यटक बाहिरी मुलुकमा यात्रा गर्न सक्ने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले सूचनामार्फत बताएको छ।

सूचनाअनुसार कोभिड महामारी नियन्त्रण तथा रोकथामका उपायसहित अब पर्यटन एजेन्सीहरूले होटल, हवाइ टिकट लगायत व्यवस्थापन गर्न सक्ने छन्।

यो सँगै अब नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने पर्यटन बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img