सुनसरी / तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकामा रहेको आरआर गार्डेन पर्यटकलाई निकै लोब्याउने स्थल हो ।
आरआर गार्डेनमा पुग्न तेह्रथुमको बसन्तपुर बजारबाट सवारीसाधनको यात्रामा करिब २० मिनेटमा पुग्न सकिन्छ । आरआर गार्डेनको आकर्षक भनेको फागुन चैतमा राताम्मे फुल्ने र र पुस माघको हिउँ पर्ने भएकाले पर्यटनलाई आकर्षित बनाउछ ।
बगैंचामा नैनताल, विभिन्न ढुंगाको आकृतीका भ्यागुता, बाघ, गोही, छेपारो, सिताको जाँतोलगायत विभिन्न जीवजन्तुको प्राकृतिक रूपले भरिएका आकृती छन् । तिनजुरे आउने पर्यटन आरआर गार्डेन पसेर जाने गरेका छन् ।
यहाँको अर्को स्थल हो तिनजुरे । विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस आँखै अगाडि हेर्न सकिन्छ । तिनजुरे तेह्रथुम , ताप्लेजुङ, संखुवासभाको सिमानामा रहेको तिनजुरे मिल्के जलजले (टिएमजे) मा चैत बैशाख जेठमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ तअर्थ यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गर्दछ ।
यस विषयमा पूरा समाचार
तेह्रथुमको तिनजुरे मिल्के जलजले र पाथीभरा मन्दिरले पर्यटकलाई लोभ्याउँदै



