पर्यटनपर्यटकको रोजाई बन्दै धनकुटाको नाम्जे गाउँ

पर्यटकको रोजाई बन्दै धनकुटाको नाम्जे गाउँ

spot_img

धनकुटा – धरानबाट २० किलोमिटर र भेडेटारबाट ४ किलोमिटर टाढा रहेको धनकुटाको नाम्जे गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचिको केन्द्र बन्दै गएको छ।

सीएनएनले विश्वका १२ उत्कृष्ट गन्तव्यमा सूचीकृत गरेपछि नाम्जे गाउँ चर्चित भएको हो। नाम्जेमा २२ वटा मगर समुदायका घरमा पर्यटकका लागि घरबास सञ्चालन भइरहेका छन्।

पर्यटकलाई आकर्षित गर्न बाटो निर्माण, पार्किङ स्थल निर्माण, सूचना केन्द्र स्थापना जस्ता काम भइरहेका छन्। साथै, नाम्जे आसपासका चाल्र्स भ्यू टावर, नमस्ते झरना, राजारानी ताल लगायतका पर्यटकीय स्थलको पनि विकास गरिँदैछ।

गाउँपालिकाले नाम्जेलाई विकसित पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। यसका लागि स्थानीय पूर्वाधार विकास, स्थानीय संस्कृति संरक्षण र पर्यटक सत्कारलाई जोड दिइएको छ।\

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img