Tuesday, December 3, 2024
पर्यटनहेटौँडाको जुरेथुम डाँडामा नेपालकै अग्लो कृष्णको मूर्ति

हेटौँडाको जुरेथुम डाँडामा नेपालकै अग्लो कृष्णको मूर्ति

हेटौँडा | मकवानपुरको हेटौँडामा एक नयाँ पर्यटकीय गन्तव्य आकर्षणको केन्द्र बन्दै गएको छ। हेटौँडा-१७ हटियामा रहेको जुरेथुम डाँडा पछिल्लो समयमा धार्मिक तथा प्राकृतिक पर्यटनको नयाँ गन्तव्यको रूपमा विकसित हुँदै गएको छ। यस डाँडाको मुख्य आकर्षण भनेको नेपालकै सबैभन्दा अग्लो मानिएको ४२ फिट उचाइको भगवान कृष्णको मूर्ति हो।

२०६७ सालदेखि यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न थालिएको हो। ९० हेक्टर क्षेत्रफलमा फैलिएको जुरेथुम डाँडामा विभिन्न पूर्वाधारहरू निर्माण गरिएका छन्। पर्यटकहरूको सुविधाका लागि खानेपानी, शौचालय र प्रतीक्षालय जस्ता संरचनाहरू बनाइएका छन्। यसका साथै पिकनिक स्पटको रूपमा पनि यो स्थान विकसित हुँदै गएको छ।

स्थानीय सरकार हेटौँडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र स्थानीय समुदायको सहकार्यमा यस क्षेत्रको विकास भइरहेको छ। विशेषगरी धार्मिक पर्यटन र प्राकृतिक सौन्दर्यको अवलोकनका लागि जुरेथुम डाँडा उपयुक्त गन्तव्य बन्दै गएको छ।

जुरेथुम डाँडा हेटौँडा बजारबाट करिब १४ किलोमिटरको दूरीमा अवस्थित छ। मदन भण्डारी लोकमार्ग हुँदै हटिया चोकसम्म १२ किलोमिटर पक्की सडक र त्यहाँबाट २ किलोमिटर कच्ची सडक पार गरेपछि यो स्थानमा पुग्न सकिन्छ। अन्तिम खण्डमा केही खुड्किला पार गर्नुपर्ने हुन्छ।

भविष्यमा यस क्षेत्रलाई अझ आकर्षक बनाउन थप योजनाहरू रहेका छन्। हटिया जुरेथुम पर्यटकीय क्षेत्र विकास समितिका अनुसार यहाँ एक भ्यू टावर निर्माण गर्ने योजना व्यवस्थापन समिटिएको छ । यो टावरबाट हेटौँडा बजार, हर्नामाडी, हटिया, मकवानपुरगढी, बकैया र छिमेकी जिल्ला बारा र पर्साका केही भागहरूको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img