Thursday, October 10, 2024
समाजनेपालमा बाढी-पहिरोको विनाश: १३९ को मृत्यु, १५६ घाइते

नेपालमा बाढी-पहिरोको विनाश: १३९ को मृत्यु, १५६ घाइते

spot_img

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि नेपालका विभिन्न भागमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। शुक्रबार दिउँसोसम्मको तथ्यांक अनुसार यस प्राकृतिक प्रकोपमा १३९ जनाले ज्यान गुमाएका छन्।

गण्डकी प्रदेशमा सबैभन्दा बढी ३८ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २४, कोशी प्रदेशमा २२, सुदूरपश्चिम प्रदेशमा १०, कर्णाली प्रदेशमा ८, मधेश प्रदेशमा ६ र काठमाडौं उपत्यकामा २ जनाको मृत्यु भएको छ।

यसैबीच, १५६ जना घाइते भएका छन्। घाइतेहरूमध्ये कर्णाली प्रदेशमा ४३, कोशी प्रदेशमा ३४, गण्डकी प्रदेशमा २९, काठमाडौं उपत्यका, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा ९/९ जना तथा सुदूरपश्चिम प्रदेशमा १४ जना रहेका छन्। सबै घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचार गराइँदैछ।

उद्धार कार्यमा ७१ जनालाई सुरक्षित स्थानमा सारिएको छ। यसमा कोशी प्रदेशबाट ४९, गण्डकी प्रदेशबाट १२, सुदूरपश्चिम प्रदेशबाट ५, काठमाडौं उपत्यकाबाट ३ र कर्णाली प्रदेशबाट २ जना रहेका छन्। ६ जना अझै बेपत्ता छन् र खोज कार्य जारी छ।

यस प्राकृतिक विपत्तिले १८४ घर डुबानमा परेका छन्। २३८ घर, ८६ गोठ, ४३ पुल, २ विद्यालय र २ सरकारी कार्यालयमा क्षति पुगेको छ। ६०३ पशुचौपायाको मृत्यु भएको छ र ४,०३० परिवार विस्थापित भएका छन्।

सरकारी निकायहरू र स्थानीय समुदायको सहकार्यमा जोखिममा रहेका परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने, पहिरोमा पुरिएका सामग्रीहरू निकाल्ने र अवरुद्ध सडकहरू खोल्ने काम भइरहेको छ। प्रहरीले विभिन्न स्थानमा बाटो अवरोध हटाउने कार्य गरिरहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img