Sunday, July 20, 2025
मौसमआज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

spot_img

काठमाडौं: आज देशभर आंशिक देखि सामान्य बदली रहने भएकाे छ । अहिले बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

- Advertisement -

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img