मौसमआज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रहँदा आज बिहान वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारी वर्षा भएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति वाग्मती, गण्डकी, लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र वाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका