देशआज दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने

आज दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने

काठमाडौं : आइतबार दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो। 

साथै देशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। आइतबार राति प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img