देशकोशी प्रदेशइटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू

इटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू

सुनसरी / इटहरीमा जथाभावि राखीएका होर्डिङ्ग बोर्ड, ब्यानर र तारहरु हटाउन सुरू गरिएको छ ।

‘बुल्स ११ क्लब’ इटहरीको आयोजनामा इटहरी ६ का वडाध्यक्ष दिवस पोख्रेलसहितको सक्रिय सहभागितामा हिजोबाट शनिबारदेखि इटहरीको मुख्य चौक आसपासमा जथाभावी रूपमा राखिएका होर्डिङ बोर्ड, ब्यानर र यत्रतत्र रहेका बिजुलीका तारहरू हटाउन सुरु गरिएको हो ।

वडाध्यक्ष पोख्रेलका अनुसार जथाभावी रहेका ब्यानर, तार र होर्डिङ बोर्डले सहर कुरुप बनेका कारण हटाउन सुरू गरिएको र अनुमतिबिना बिजुलीका पोलमा राखिएका बोर्डहरू र यत्रतत्र रहेका तार व्यवस्थित गर्न सुरू थालिएको बताए ।

नेट र केवल कम्पनिहरुलाई पटक पटक अनुमति बेगर जथाभावि राखीएका तथा लत्रीएका ताहरु हटाउन आग्रह गरेका थियौ तर चासो नदिएकाले लत्रीएका तारहरु काटेको उनले बताए ।

पोलहरूमा जथाभावी अव्यवस्थित तरिकाले राखिएका विभिन्न नेट केबलका तारहरूले इटहरीको सुन्दरतामा असर पुगेको उनको भनाइ छ । बुल्स ११ क्लबका उपाध्यक्ष रामु राईले इटहरीमा आँफूहरूले सरसफाई कार्यक्रमको आयोजना गर्दै आएकाले समाजको सकारात्मक हितका निम्ति आगामी दिनमा पनि काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img