काठमाडौं: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशकाे पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ।
बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, गण्डकी र बागमती प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि दिउँसाे हल्कादेखि सामान्य वर्षाको सम्भावना रहेको छ।
कोशी र मधेश प्रदेशको तराईका भूभागमा हावाहुरीको सम्भावना छ। मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।