Wednesday, January 15, 2025
मौसमआज यी ५ प्रदेशमा वर्षा हुने

आज यी ५ प्रदेशमा वर्षा हुने

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज पाँचवटा प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ।

सुदूरपश्‍चिम, कर्णाली, गण्डकी, वागमती र कोशी प्रदेशमा वर्षा हुने विभागको अनुमान छ। सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पश्‍चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिउँसो सुदूरपश्‍चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने विभागको पूर्वानुमान छ। सुदूरपश्‍चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा गण्डकी, वागमती र कोशी प्रदेशका पहाडी भेगका १-२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

आज राति देशभरको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img