देशकोशी प्रदेशस्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु , पाँच जना घाइते

स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु , पाँच जना घाइते

सुनसरी / सुनसरीको कोशी गाउँपालिका-६ शिव चोकमा हिजो मंगलबार राति करिब ९ बजे स्कारपिओ गाडी दुर्घटना हुँदा एक जनाको मृ´त्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सप्तरीको हनुमाननगर–कङ्कालिनी-५ कमा बस्ने ५० वर्षीय दिलीप मण्डलको मृ´त्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जनाए ।
दुर्घटनामा गम्भीर घाइते बनेका उनको उपचारका क्रममा राति १० बजे मृ´त्यु भएको हो ।

पूर्व–पश्चिम लोकमार्गको कोशी गाउँपालिका-६ मा स्कारपियो गाडी दुर्घटनामा परेको थियो । इनरुवातर्फ आउँदै गरेको प्र २–०१–००१च००३१ नम्बरको स्कारपियो गाडी सडकमा रोकेर राखिएको बिआर ०१ जिए ४४८३ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो ।

अनियन्त्रित बनेको स्कारपिओ फेरि ना७ख ५८३ नम्बरको ट्रकमा पनि ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते समेत भएका छन् ।

दुर्घटनामा सप्तरीको हनुमाननगर–कङ्कालिनी–५ का ४८ वर्षीया रामकुमारीदेवी रजक, ५० वर्षीय उमेशकुमार साफी, ४४ वर्षीय रामकुमार राजक, ६० वर्षीय लक्ष्मण साफी र ३६ वर्षीय राजेश मेहता घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा स्कारपियोका चालक फरार छन् भने गाडी तीब्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img