सुनसरी / इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । नेपाल एयरलाइन्सको ट्वीनअटर विमानबाट बुधबार परीक्षण उडान भएको छ ।
नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार जहाज बिहान १० बजे विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । काठमाडौंबाट ५५ मिनेटको उडानमा जहाज इलाम पुगेको छ । यो विमानस्थलमा तारा एयरले १२ वटा उडान गर्ने गरी जिम्मेवारी लिइसकेको छ ।
पहाडी इलाकामा निर्मित यो सबैभन्दा कान्छो विमानस्थल हो । इलाम नगरपालिका सँगको सहकार्यमा ताराले जहाज उडाउने भएको छ । इलामका लागि नियमित उडानको भाडा काठमाडौंबाट ८ हजा ७ सय रुपैयाँ तोकिएको छ ।