Friday, March 28, 2025
देशकोशी प्रदेशधरानमा प्रेस सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

धरानमा प्रेस सेन्टरको तेस्रो सम्मेलन सम्पन्न

सुनसरी / प्रेस सेन्टर नेपाल धरान उपमहानगर समितिको बुधबार सम्पन्न तेश्रो सम्मेलनले विनोद विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति चयन भएको छ ।

धरान-१२ चतरा लाइनस्थित होटल स्टार पूर्वीमा भएको सम्मेलनबाट उपाध्यक्षमा नमिता राई, सचिवमा स्वर्णकुमार सम्वाहाम्फे, कोषाध्यक्षमा अंकित ढुङ्गाना चयन भएका छन् । कार्य समितिको सदस्यहरुमा निलेष विष्ट, अनिष बस्नेत, मनिषा ढुङ्गाना, दुर्गा खाती, मनिषा विश्वकर्मा चयन भएका छन् । नव निर्वाचित कार्यसमितिलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजन केडीले शपथ ग्रहण गराएका थिए । त्यस्तै, अन्य सदस्यहरुमा निरु लिम्बू, सौरभ गदाइली, लक्ष्मी कार्की र दीपन विश्वकर्मा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, अर्का केन्द्रीय सदस्य केडीलगायतले नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष तिर्थ कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका १ प्रदेश सदस्य मुक्सामहाङ मेन्याङ्बो (मुकेश), केन्द्रका प्रदेश सदस्य अइन्द्रविक्रम बेघाको उपस्थिति थियोे ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य एवम् नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष केशव घिमिरे र प्रेस सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्माले शुभकामना मन्तब्य ब्यक्त गरेका थिय ।

प्रेस सेन्टरका प्रदेश १ सदस्यद्वय गोविन्द बस्नेत र सञ्जय याखा, माओवादी केन्द्र धरानका विभिन्न वडाका अध्यक्षहरु लगायतको उपस्थिति थियो । प्रेस सेन्टरका जिल्ला सहसचिव मनोज निरौलाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन विनोदले गरेका हुन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img