समाजयमबुद्धको शालिक बनाउन महानगरले छुट्यायो १५ लाख

यमबुद्धको शालिक बनाउन महानगरले छुट्यायो १५ लाख

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा यमबुद्धको सालिक निर्माण गर्ने गरी महानगरले बजेट विनियोजन गरेको हो ।

सालिक निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगर प्रमुख बालेन शाहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

मेयर बालेका स्वकीय सचिव भूपदेव शाहले र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताए । वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img