Saturday, May 17, 2025
मौसमआजपनि मनसुन सक्रिय मध्य नेपालमा धेरै बर्षा, यस्तो छ आगामी मंगलबारसम्मको मौसमी...
spot_img

आजपनि मनसुन सक्रिय मध्य नेपालमा धेरै बर्षा, यस्तो छ आगामी मंगलबारसम्मको मौसमी विवरण

spot_img

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव देखिन्छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतादेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आँशिकदेखि सामान्य बदली रहेको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ र बाँकी भू–भागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

२०७९ असार २५ गते (शनिबार)
आज दिउँसो देशका पहाडी भू–भागमा सामान्य देखी पूर्ण बदली रहनेछ र बाँकी भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार २६ गते (आइतबार)
आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक देखि सामान्यता सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा र बाँकी भू(भागका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ असार २७ गते (सोमबार)
सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img