समाजअप्ठ्यारो भीरमा हर्क साम्पाङ, श्रमदानमा सयौँ सहभागी

अप्ठ्यारो भीरमा हर्क साम्पाङ, श्रमदानमा सयौँ सहभागी

spot_img

घरान / धरानकाे मेयरमा हर्क साङपाङ बिजयी बने पश्चात धराने जनताहरूलाइ पानी खुवाउन कम्मर कसेर लागिपरेका छन्।

खानेपानीको बिग्रेको संरचना मर्मत गर्न, चुहावट रोक्न र नयाँ स्रोत खोजीमा उनी दिनरात खटिएका छन्। साम्पाङको निर्देशन अनुसार धरान वडा नं २० स्थित पकुवा खोलाको अध्ययनबाट पानी ल्याउन सम्भव देखिएपछि शनिबारदेखि निर्माण कार्य सुरु भएको छ। उक्त निर्माण कार्यमा मेयर साम्पाङ आफै श्रमदान गर्न खटिएका छन्।

धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै सयाै जना श्रमदानमा जुटेका छन् ।

साम्पाङ आफैँ पाइप तान्न अप्ठ्यारो भीरमा चढेका छन् भने उनकाे याे साथमा सयाैं सर्वसाधारणहरुले साथ गरिरहेका छन् । हालसम्मको श्रमदानबाट मुहानमा सानो २ वटा ट्याङ्की निर्माण गरिएको छ भने झण्डै डेढ किलोमिटरसम्म पाइप टाँगिएको छ । शनिबार पनि साम्पाङसँगै सर्वसाधारण पहिरो गएको अप्ठ्यारो ठाउँमा पाइप तान्न व्यस्त थिए ।

मेयर साम्पाङले मलाई कुल्ली भन्दा मन दुखाउ नभएको बताएका छन् । ‘मलाई त कुल्ली भन्छन् होइन, मजदुर भन्छन्, किसान भन्छन्, वास्तवमा म कुल्ली मजदुर र किसान नै हुँ’, उनले भने, ‘तर मलाई मन दुखाउ पनि छैन, म यसैमा रमाउँने उनी बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img