Saturday, March 22, 2025
मौसमकस्तो रहला आगामी तीन दिनसम्मको मौसम ?

कस्तो रहला आगामी तीन दिनसम्मको मौसम ?

काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ।

देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

असार २६ गते (आइतबार)
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असार २७ गते (सोमबार)
सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असार २८ गते (मंगलबार)
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदुर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img