समाजसिरहाको भगवानपुर गाउँपालिकामा तलाबन्दी गर्ने करार कर्मचारीको चेतावनी

सिरहाको भगवानपुर गाउँपालिकामा तलाबन्दी गर्ने करार कर्मचारीको चेतावनी

  • महेश सिंह, सिरहा

भगवानपुर गाउँपालिकामा कार्यरत रहेका करारका कर्मचारीहरुलाई म्याद थप नगर्दा आन्दोलीत भएका छन्।स्थानीय सरकारले कुनै लिखित निर्णय नदिई एकासी कर्मचारीहरुलाई हटाउदाँ बिचल्ली भएका हुन ।

पालिका अध्यक्ष उग्रनारायण यादवलाई एक सप्ताह अगाडि हटाइएका कर्मचारीहरुले पुनः काजमा फर्काउन र म्याद थप गरी करार कर्मचारीहरुलाई कार्यको जिम्मेवारी दिई कार्यसंचालन गर्न आग्रह गरेका छन्।

करार कर्मचारी संघर्ष समितिले ४ दिन देखि पालिका अगाडी शान्तिपुर्ण धर्नामा बसिएका छन्।हटाईएका करारका कर्मचारीलाई पाँच राजनीति दलहरुले समर्थ गरिरहेका छन्। शुक्रबार कार्यालय अगाडि धर्नामा बसेर कार्यालय प्रवेश निशेधमा रोक लगाउदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले धर्नामा बसिएका कर्मचारीहरुलाई हटाएका हुन् ।

प्रहरीले हस्तक्षेप गर्न खोजदा कर्मचारीहरुले स्थानीय सरकार मुर्दा’वाद पुलिंश प्रशासन मुर्दा’वाद,हटाइएको करार कर्मचारीलाई पुनः बहाली गर लगायतका नारा लगाएका थिए ।करारका कर्मचारीहरुले भगवानपुरको मुख्य चौकमा स्थानीय सरकार विरुद्ध टाईर वालेर प्रदर्शन गरेका थिए।

पुनः बहाली गरिएन भने निरन्तर तला बन्दी लगायत विभिन्न कार्यक्रम गरिने चेतावनी दिएका छन्।संयुक्त पाँच दल र नेकपा एमालेका पालिका संयोजक सुर्य नारायण यादव संग दोहोरो भनाभन र गाली गलौज समेत भएको थियो।केही बेर पालिकाका अगाडी तनावग्रस्त भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img