समाजसिसिटिभी फुटेज एक घण्टामा रिकभर गरिदिन्छु: रबि लामिछाने

सिसिटिभी फुटेज एक घण्टामा रिकभर गरिदिन्छु: रबि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सिसिटिभी फुटेज एक घण्टामै रिकभर हुने दाबी गरेका छन्।

पार्टीको सुदुरपश्चिम प्रदेश भेलालाई शनिबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले यस्तो चुनौती दिएका हुन्। ‘चुनौतीका साथ भन्छु, मलाई एक घण्टाका लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्।’, उनले भने, ‘कस्तो कलरमा चाहिन्छ? एचडीमा चाहियो कि फोरके ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भने भन्नुहोला।’

अर्थ मन्त्रालयको सिसिटिभी फुटेज रिकभर हुन नसकेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई शुक्रबार बजेटमा करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समितिले सफाइ दिएको थियो।

लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सिसिटिभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए।

‘यहाँ खोइ प्रतिपक्ष?’ उनले थपे, ‘अर्थ मन्त्रालयको सिसिटिभीको फुटेज डिलिट भएको विषय एम अधिकारीसँग साटफेर गर्ने पनि प्रतिपक्ष हुन्छ?

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर रहेको भन्दै कांग्रेस र माओवादीले उनको राजीनामा मागेका थिए। तर अहिले यो विषय पनि सेलाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img