देशबागमती प्रदेशएक साताभित्र मनोरञ्‍जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम

एक साताभित्र मनोरञ्‍जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौंः काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरन्जन कर तिर्न क्यासिनोलाई ताकेता गरेको छ ।

महानगरले आइतबार ७ क्यासिनोलाई पत्र काट्दै एक सातामा मनोरञ्जन कर तिर्न आग्रह गरेको हो । जसमा होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल म्यारियटको डेल्टिन, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टिको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

महानगरले काटेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेकोमा त्यहाँ क्यासिनोलाई मनोरञ्जन कर बुझाउनको लागि पटक पटक ताकेता गरेपनि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कर नबुझाएको हुँदा प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हाल सम्मको बाँकी मनोरञ्जन करको विवरण र सोको नियमानुसार लाग्ने जरिवाना समेत यस पत्र प्राप्त भएको मितिले सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग ववरमहलमा बुझाउनुहुन अनुरोध छ । ’

समयभित्र कर नबुझाएमा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img