समाजफेरी सुरु गरे डा. केसीले अनसन

फेरी सुरु गरे डा. केसीले अनसन

धनगढी । चिकित्सक डा.गोविन्द केसीले धनगढीमा आमरण अनसन सुरु गरेका छन् ।

धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ७ बुँदे माग राख्दै अनसन सुरु गरेका हुन् ।

उनले सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्ने लगायतका माग राखेका छन् ।

माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अनसन सुरु गरेका हुन् । डा. केसीले जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img