समाजसुर्खेत दुर्घटना: होसमा आएपछि घाइते आफैंले गरेका थिए खबर

सुर्खेत दुर्घटना: होसमा आएपछि घाइते आफैंले गरेका थिए खबर

काठमाडौं । वीरेन्द्रनगर नगरपालिका वडा नं. ११, झुप्राखोला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रत्न राजमार्गमा गुडिरहेको बेला जिल अनियन्त्रित भएर करिब ८० मिटर तल खसेर सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक वीरेन्द्रनगर नगरपालिका– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतिमाई गाउँपालिका– ५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र.०१०२६ च ९२१३ नम्बरको जीप झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

जिप खसेपछि उनीहरू गम्भीर घाइते भएका थिए । तत्कालै कर्णाली प्रदेश अस्पतालमा उपचारका लागि लगिए पनि बाँच्न सकेनन्। दुर्घटनामा दैलेख भैरवी गाउँपालिका– ५ का २५ वर्षीय वीरेन्द्रराज शाही पनि दुर्घटनामा घाइते भएका छन् । दुर्घटना कति बजे भएको हो जानकारी नभएको तर राति साढे २ बजे दुर्घटनाका घाइते होसमा आएर खबर गरेपछि घटनाबारे थाहा भएको रिजालले जानकारी दिए ।

दैलेख भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img