देशकोशी प्रदेशइटहरीमा दैनिक हात्तीको आतंक, स्थानीयबासि रातभरि जाग्राम बस्नु पर्ने

इटहरीमा दैनिक हात्तीको आतंक, स्थानीयबासि रातभरि जाग्राम बस्नु पर्ने

इटहरी / इटहरी वडा नम्बर २ , ३ र १९ मा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेक‍ छ ।

इटहरी २ को शान्तिनगरमा बेलुका हुने साथ जङ्गली हात्ती बस्ति तिर आऊने गरेको एक हप्ता भईसकेको छ । स्थानीयहरू रातभरि जाग्राम नै बस्नु पर्ने बाध्यता रहेको छ ।

इटहरी २० र इटहरी २ मा पर्ने बन क्षेत्र आसपास बस्ने स्थानीयबासीहरु त्रसित बनेको छन । रातको समयमा हात्ती बस्ती छिरे धेरै क्षती हुन सक्छ त्यसैले अहिले सडक क्रस हुन नदिन स्थानियहरु रातभर जाग्रम बस्दै आएका इटहरी २ का वडा अध्यक्ष माधव कोइरालाले बताए ।

सर्वसाधरणहरुलाई सचेत रहन आग्रह समेत गरेका छन । बाटोहरुको पोलहरुका केही ठाउँमा बत्ती बाल्ने काम उपमहानगरले गरिसकेको छ ।

इटहरी- २ शान्तिनगर , बौका , इटहरी १९ ब्रह्रम्पुर र भवानीपुर क्षेत्रमा दिउँसो नै हात्ती आतङ्क मच्चिएपछि स्थानीयहरू त्रसित बनेका हुन । छावा सहित ४ वटा हात्तीहरू बस्ति तिर आएपछि भवानीपुरका स्थानीयहरूले जिउ ज्यानको सुरक्षा माग गरेका छन् ।

जङ्गली हात्तीको समूहले हिजो मङ्गलवार बिहान मात्रै ४ वटा घरमा क्षति पुर्‍याएको छ । भवानीपुरका विष्णु राईको घरमा ४ वटा हात्ती छिरेर कटेज भत्काएको छ । पटक पटक उपमहानगरसँग हात्ती नियन्त्रणको माग गर्दै आएपनि कुनै सुनुवाइ नभएको स्थानीय बासिन्दाले बताए ।

सम्बन्धित सरोकारवालाहरू सँग एक प्रकारको छलफल भइरहेको र चाडै नै यो समस्या हल हुनेमा आफू विश्वस्त रहेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img